कनी कनी लेखेर
कबि बन्नु पर्ने
सबै भन्दा ठुलो आफ्नै
छबी भन्नु पर्ने
न कबितामा रङ्ग छ
न लेख्नेमा ढङ्ग छ
तर कबिता लेख्ने भुत
म सङ्ग छ
कबिता वाचन गर्दा
स्वर छ बोरा च्याते जस्तो
म झुत्रे कबि कस्तो ।
कबिता पढ्दा
शब्दै पिच्छे
सि डि झै अडकिरहने
वाचनमा बिराम छैन
मकै झै पड्कीरहने
न लयात्मक छ
न कलात्मक छ
बेस्वोरमा काग कराएको जस्तो
म लुत्रे कबि कस्तो ।
न भाव छ
न छ यसमा कुनै दम
तर लाग्दैन
अफुलाई अरु भन्दा कम
खाली पालेको छु दिग्भ्रम
लेख्दा लेख्दा
आफ्नै गन्थन लेख्या जस्तो
म झुत्रे कबि कस्तो ।
न आदी छ
न अन्ते छ
खाली कबिता
मन गढन्ते छ
न रुपमा छ न रस
खाली आफ्नै छ बहस
न कसैले बुझ्छन
न कसैले सुझ्छन
तैपनी ठुलै हो की जस्तो
म झुत्रे कबि कस्तो ।
No comments:
Post a Comment