Thursday, May 30, 2013

सयौ बर्ष गाजिएको
कुशासनले साचिएको
जहानिया शासनका
 राणाहरु, जनताले फाले
देशमा प्रजातन्त्र ल्याउन
सरकारमा नेताहरुलाई हाले
तर प्रजातन्त्र आएन
किनभने
नेताहरु फुटे
पार्टिहरु टुटे
तिनै नेताको कुकर्मले
पञ्चायती शासन हाले
फेरी
यिनै नेताले जनता उचाले
जनताले बिरोधको राको बाले
ज्यानै जाने कदम चाले
फेरी तीस बर्षे पञ्चायत ढाले
तर पनि जनतासम्म
प्रजातन्त्र आउँदै आएन
यिनै नेताको आवहाँनमा
हजारौ युद्दमा होम्मिए
लाखौं सडकमा उम्मिए
सयौ बर्से सामन्ति बृक्षलाई
जरै देखी उखलेर फाले
तर पनि लोकतन्त्र आएन
छ सय एकको गण आयो
अजिङरले झै बजेट खायो
नेताले असिम धन पायो
तर पनि गणतन्त्र आएन
नेताले सिंहबार छोडेपछी
सरकारले पनि
सम्यन्त्रको कछेनी ओडेपछी
साच्चै देशमा लोकतन्त्र आए जस्तो छ
अझ बिरोध हुँदाहुँदै
लोकमानलाई सत्तामा जोडे पछी
बल्ल पो देशमा लोकतन्त्र सुहाए जस्तो छ ।
3Unlike · · ·

 
मेरो छोरा
खै केमा फस्याछ
आजभोली
खाली घोरिएर
एक्लै एक्लै कोठामा बस्याछ
प्रेम रसमा खस्याछ छकी
सोमरसमा फस्याछ
न घरमा बस्याछ
न पढन  घुडा धस्याछ
रातमा पनि खाना नखाइ
सुटुक्क कोठामा पस्याछ
न जागिर खान्छ
न कलेज जान्छ
कलेज गैहालो भने पनि
खाली बङ्क हान्छ
कुरा सोध्यो मरे बोल्दैन
रह्स्य खोल्न खोज्यो
कै गरे खोल्दैन
कुरो बुझ्नै गार्हो
उस्लाई खै केले डस्याछ
पढाई लेखाइ पनि
हिजो भन्दा  आजकाल
झन तल तल खस्याछ
मुख सुघ्यो
कुनै गन्द पाइदैन
अस्पातल लग्यो
डाक्टर भन्छन-
कुनै औषधी चाँहीदैन
छोरालाई हेर्यो
दिनहु ज्यान सुक्या सुकैछ
छोराको पिरले
आमाको मन दुख्या दुखैछ
कपाल छ्त्री झै छत्रिदैछ
प्यान्ट छरिएर भुइमा लत्रिदैछ
एक दिन
ज्योतिषिमा छोरोलाई लगे
ज्योतिषिलाई मोटै दामले ढोके
त्यसपछी मन्त्रदै ज्योतिषी बके  -
आजभोली युबाहरुमा धुम्रकेतु जाग्याछ
किनभने सबैलाई  कलियुग लाग्याछ 
त्यसैले धेरैलाई शिवबुटी खाउ खाउ हुन्छ
जस्ले खाँदैन त्यसलाई यस्तै रोगले छुन्छ
कुरै बुझन गार्हो छ

प्रजातन्त्र खोज्दा खोज्दै
उसलाई नभेटी
बाऊ स्वर्गबासी भए
काका सन्यासी भए
बडा बाउ कासी नै गए
तर कसैले प्रजातन्त्र नै देखेनन
फेरी लोकतन्त्र खोज्दै
कोही बानारसी गए
कोही प्रबासी नै भए
तर कसैले लोकतन्त्र देखेनन
एक दिन मलाई पनि
गन्तन्त्र खोज्ने झोक चल्यो
जनयुद्दमा फाटेको कमिज
जन आन्दोलनमा च्यात्तिएको चप्पलसङ्ग
भाउजुले पकाएको केही रोटी
काकिले बनाएको अचार बोकी
नहर हुँदै
पहर हुँदै
पसे शहरमा
कहिले सिहदरबार कुदे
कहिले शितल निवास कुदे
कहिले बालुवाटार जुधे
खोज्नु खोजे गणतन्त्रलाई
ठुलो पर्खाल ठडाएकाले हो कि
सुरक्षा बल लगाएकाले हो
कतै भेटन सकेन गणतन्त्रलाई
एक दिन
भोकले रन्थन्नीएको बेला
मान्छेहरुको भिड देखे
भिडमा भिड्दै खुट्टा टेके
नेतै नेताको भिडभाड थियो
एक आपसमा छेडछाड थियो
हेर्दै जादा
गिलासमा गणतन्त्र
चिया र बिस्कुटसँग साटासाट गरिदै थियो
साझ यस्तै फेरी अर्को ठाउमा
गिलासमा गणतन्त्र
ह्वस्की र रोस्टसँग बाटबाट गरिदै थियो
अर्को गजबको कुरो
गिलास समाउनेहरु
नोटले भोट साट्नेहरु
हामीलाई सपना बाट्नेहरु
उही नयाँ पुराना सामन्तीहरु नै थिए ।  

Sunday, October 4, 2009

Trainning 2009



The Blue Sky Public School conducted a teachers' training program on 4th of Asoj about team work,handwriting and English language .

Tuesday, September 22, 2009

Tuesday, February 10, 2009

Saturday, June 21, 2008

On 20th,June,Table Tennis match

The Blue Sky Public School organized a individual TT match at school.the twenty students from class four to seven had particiapated at the match.